गुगल, मेटा, माइक्रोसफ्टलगायत १९ कम्पनीको नेपालमा व्यवसायिक उपस्थिति, ६ महिनामा करिब ५० करोडको करोबार

काठमाडौं । ग्लोबल टेक कम्पनीले सूचना प्रविधि सेवा प्रदान गरेर नेपालमा करिब ५० करोड रुपैयाँको कारोबार गरेका छन् । नेपालमा दर्ता भई सूचना प्रविधि सेवा प्रदान गरिरहेका ग्लोबल टेक कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा ४९ करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । हाल […]

पहाडमा मौसम सफा, तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का बर्षाको संभावना रहेको छ। साथै कोशी,बागमती, गण्डकी, कर्णाली […]

डिजिटल भुक्तानी सेवा निःशुल्क गर्न रास्वपा सांसद निशा डाङ्गीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले डिजिटल भुक्तानी सेवालाई निःशुल्क गर्न सरकारसँग माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। आज रास्वपाका सांसद तथा संसदीय दलको सचेतक निशा डाङ्गीले अर्थ मन्त्री बिष्णु प्रसाद पौडेललाई नेपालमा डिजिटल भुक्तानी (Digital Transaction) लाई निःशुल्क गर्न ध्यानाकर्षण पत्र बुझाएकी हुन। नेपाल सरकारले एकातिर डिजिटल नेपाल फ्रेमवर्कको खाका बनाएका विद्युतिय कारोबारलाई प्रोस्ताहन गरेको […]

समाजिक सञ्जाललाई नियमन गर्ने विधेयक राष्ट्रिय सभामा दर्ता, कानून विपरितका कार्य गर्नेलाई ५ वर्ष कैद र १५ लाखसम्म जरिबाना

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने प्रक्रिया अघि बढाएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानून निर्माण गर्न भन्दै सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न सरकारले राष्ट्रिय सभामा विधेयक दर्ता गराएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले माघ १३ गते राष्ट्रिय सभामा ‘सामाजिक […]

सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजमा मूल्य घट्यो

काठमाडौं । ग्यालेक्सी एस २४ सिरिज लन्चको साथ हामी सबैले ग्यालेक्सी एआईको नयाँ युगको सुरुवात देख्यौँ । त्यसपछि रिलिज भएका फोल्डेबल्सको  साथ स्मार्टफोन प्रयोगकर्ताहरूको अन्तरक्रिया गर्ने तरिकालाई रूपान्तरण गर्दै ग्यालेक्सी एआईको क्षमतामा विस्तार भएको थियो । अब सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले यी नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा […]

क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

काठमाडौं । उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भएको छ । देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), खुमलटारमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले गरेका थिए । एनआरइएनका अध्यक्ष लोचनलाल […]

डिजिटल वालेट खल्ती ८ औँ वर्षमा , रू ८ मै फ्लाइट टिकट र अन्य अफरहरू

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले माघ १३ गते ८ औँ वर्ष पूरा गरेको छ र सोही अवसरमा ‘Celebrating Gr8 Years’ थिम राखी आफ्नो आठौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा २०२५ सम्म आइपुग्दा निकै नै इनोभेटिभ र उत्साहजनक देखिन्छ। […]

सरकारले कर्मचारीका लागि जारी गरेको साइबर सुरक्षा एड्भाइजरीमा के छ ? (पूर्णपाठ)

काठमाडौं । सरकारले कर्मचारीहरुका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ । सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी रहेको एड्भाइजरीमा कार्यालयका वेबसाइटहरु नियमित रुपमा अपडटे गर्ने, पास वर्ड राख्दा सहजै अनुमा गर्न नसक्ने गरी सुरक्षित खालको राख्ने, नयाँ सुचना प्रविधि प्रणालीहरुको विकास गर्दा अनिवार्य रुपमा प्रत्यिक चरणमा सुरक्षा परीक्षण गरेर मात्र प्रयोगला ल्याउने, तीन […]

इनोभेसन डे घोषणा गर्दै इसेवा १६ औं वर्षमा प्रवेश

काठमाडौं । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले वित्तीय प्रविधिमा नवीनतम सेवाहरु थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिवद्धताका साथ आफ्नो १६ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । ‘सबैका लागि सधैं र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्त बोक्दै लाखौं […]

सरकारी निकायमा साइबर सुरक्षा मजबुद बनाउन राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पहल

काठमाडौं । सरकारी निकायमा साइबर हमलाको रोकथाम र न्यूनीकरण गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सक्रिय पहल थालेको छ। यसै सन्दर्भमा, केन्द्रले पुस २३ गते संघीय मन्त्रालय, संवैधानिक निकाय, तथा संघीय विभागहरूलाई साइबर हमला तथा अपराध रोकथामका लागि समन्वय, सहजीकरण, र सूचना आदानप्रदान कार्य व्यवस्थित बनाउन पत्राचार गरेको छ। यस पहल अन्तर्गत प्रत्येक निकायले साइबर सुरक्षासम्बन्धी कार्यलाई […]