सामसङ ग्यालेक्सी ए२७ ५जी सार्वजनिक

काठमाडौं । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक गरेको छ। यसले कम मूल्यमा प्रिमियम AI सुविधाहरू, भरपर्दो कार्यसम्पादन, भरपर्दो सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोजिरहेका युवा उपभोक्ताहरूका लागि तयार पारिएको आफ्नो लोकप्रिय ग्यालेक्सी A सिरिजको विस्तार गरेको छ। सामसङ नेपालका MX बिजनेस, सिनियर डाइरेक्टर, श्री प्रणय रत्न स्थापित, का अनुसार “नयाँ ग्यालेक्सी A […]

प्रबन्ध निर्देशक संगीता पहाडी अदालतको सफाई पछि टेलिकम फर्किन्

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विशेष अदालतको सफाइपछि कार्यालय फर्किएकी छन् ।नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै पहाडी मािथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेसँग निलम्बनमा परेकी थिइन् । असार २५ को फैसलामा विशेष अदालतले यस प्रकरणमा कुनै बदनियत नदेखिएको ठहर गरेको थियो । न्यायाधीशद्वय नारायणप्रसाद […]

एशियन पेन्ट्स क्यालाइडोस्कोप २०८२–८३ पुरस्कार वितरण समारोह सम्पन्न

काठमाडौं । एशियन पेन्ट्स नेपालले कालेइडोस्कोप अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइनप्रतियोगिता २०८२–८३ को १३औँ संस्करणको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एलोफ्ट बाई मेरियट, ठमेल, काठमाडौंमा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । युवा डिजाइन प्रतिभाहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच तथा व्यावसायिक क्षमताको सम्मान गर्ने यस कार्यक्रमले शैक्षिकअध्ययन र व्यावसायिक अभ्यासबीचको सम्बन्धलाई थप […]

एक्सेल डेभलप्मेष्ट बैंकआरटीजीएस प्रणालीमा आवद्द

काठमाडौं । एक्सेल डेभलप्मेष्ट बैंक रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस प्रणालीमा आवद्द भएको छ  । नेपाल राष्ट्र बैंकले सूचना जारी इक्सेल डेभलप्मेष्ट बैंक रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस प्रणालीमा आवद्द भएको   जानकारी दिएको हो  ।

ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति

काठमाडौं । भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ । सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक […]

अब नेपाल टेलिकमका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत ग्राहकको घरैमा उपलब्ध हुने

काठमाडौं ।  नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी हुने भएको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गरी सम्बन्धित सबैमा जानकारी गराएको हो। यस अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री सेवाग्राहीको घरैसम्म हुलाकमार्फत उपलब्ध हुनेछ। […]

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौं । सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन गर्नुलाई यस क्षेत्रमा नयाँ पहलका रूपमा हेरिएको छ । विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवद्र्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित बेग्लै मन्त्रालय गठन गरिएको छ । विज्ञान तथा अनुसन्धानको क्षेत्रमा नीतिगत अस्पष्टता र बजेटको अपर्याप्तताका कारण दक्ष जनशक्ति उत्पादनको उचित वातावरण […]

नेपाल टेलिकमको  प्रिपेड प्रयोगकर्ताका लागि  डाटा प्याक आफै हरेक महिना नविकरण हुने

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि नयाँ र झन्झटमुक्त ‘सब्स्क्रिप्सन–बेस्ड’ मोडेल अन्तर्गत विभिन्न प्याकेजहरू सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्था अनुसार ग्राहकहरूले हरेक महिना एउटै प्याकेज दोहोर्‍याएर एक्टिभ (Subscribe) गरिरहनु पर्ने बाध्यता रहने छैन । टेलिकमले सार्वजनिक गरेको यो  सेवा एकपटक सक्रिय (सब्स्क्राइब) गरिसकेपछि, अर्को पटकदेखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना […]

विज्ञान तथा नवप्रवर्तन मन्त्रालयलाई ४ अर्ब बजेट : मन्त्री महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई करिब ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन्। उनले उक्त बजेटमध्ये करिब साढे ३ अर्ब रुपैयाँ ‘अबन्डा’ शीर्षकमा राखिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले मन्त्रालय नयाँ संरचनामा गठन भएकाले नयाँ कार्यक्रमहरू […]

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन प्राप्त गरेको छ ।यसले विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ। लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्याङ्कन दिएका हुन् । यससँगै डिपसिक एआई क्षेत्रमा तीव्र गतिमा उदीयमान नयाँ शक्तिका रूपमा स्थापित भएको देखिएको […]