सरकारको नाममा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गर्न खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुरको झम्सिखेल बस्ने ५५ वर्षीया पलिना श्रेष्ठ र काठमाडौंको धापासी बस्ने ६२ वर्षीय नरेन्द्र उलाक रहेका छन्। नियमानुसार अनुमतिपत्र नवीकरण नगरेका कारण नेपाल दूरसञ्चार प्राधिकरणले २०८० वैशाख […]

