मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने गरी काम गर्न सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा बुधबार आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यक पर्ने […]

देशका चार दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पु-याउने अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा […]

विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार

काठमाडौं । बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन् । फ्रान्सको संसद्ले मङ्गलबार १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमाथि मतदान गर्दै गर्दा विश्वका करिब २० देशले यस्तै कानून लागू गरिसकेका वा तयारी गरिरहेका छन् । एएफपीका अनुसार […]

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ‘नेपालपे’ कार्डको इस्युइङ (जारी) तथा एक्वायरिङ (स्वीकार) सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यका साथ बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउनुका साथै आफ्ना एटीएममार्फत उक्त कार्ड स्वीकार गर्ने व्यवस्था गरेको हो । बैंकका अनुसार नेपालपे कार्डमार्फत नेपालभित्रका विभिन्न एटीएम तथा पीओएस टर्मिनलमा कारोबार गर्न […]

बेलायत सरकारले सामाजिक सञ्जालमा लगायो ‘रात्रीकालीन कर्फ्यु’ , इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता प्लेटफर्महरू चलाउन नपाउने

लन्डन । बेलायत सरकारले १६ र १७ वर्ष उमेरका किशोर–किशोरीको अनलाइन सुरक्षालाई थप मजबुत बनाउन मध्यरातपछि सामाजिक सञ्जाल प्रयोगमा ‘रात्रीकालीन कर्फ्यु’ लागू गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव कार्यान्वयनमा आए इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता प्लेटफर्महरू राति १२ बजेदेखि बिहान ६ बजेसम्म उक्त उमेर समूहका प्रयोगकर्ताका लागि पूर्वनिर्धारित रूपमा बन्द रहनेछन्। यद्यपि, प्रयोगकर्ताले आफ्नो खाताको सेटिङ […]

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकले पाउछन् सरप्राइज उपहार

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर संचालनमा ल्याएको छ । यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् । बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भईसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने […]

सर्वाधिक विकट हिमाली गाउँपालिका बिच्छ्याको नेटा र कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सोरुकोटमा सेवा शुभारम्भसँगै आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको […]

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलहरूको घोषणा गरेको छ। प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै नयाँ शैक्षिक […]

दूरसञ्चार प्राधिकरणको नेतृत्वदायी भूमिकामा उपत्यकाको तार व्यवस्थित गर्न निर्देशन

काठमाडौं । काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले समयसीमासहितको कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको संयुक्त उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय […]

एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ। अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिसँगै चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढेको छ। चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो। आयात पनि […]