दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नः सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्। आज सञ्चार मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलका क्रममा उनले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेको उल्लेख गर्दै सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा […]

सामाजिक सञ्जाल र क्युआर कोडको दुरुपयोग: म्याग्दीमा अनलाइन ठगीका १ सय ५ उजुरी

काठमाडौं । आफन्तले ‘म्यासेन्जर’मार्फत अप्ठ्यारोमा परेकाले रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर (नाम परिवर्तन)ले क्युआरमा मागेअनुसारको रकम पठाइदिए । “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा फेसबुक ह्याक गरेर अर्कैले पैसा मागेको थाहा भयो,” उनले भने, “सामाजिक सञ्जालमा आएको सन्देशको पुष्टि नगरी हतारमा पठाएको पैसा गुम्यो ।” अन्नपूर्ण गाउँपालिकाका सन्देश रोका […]

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी

काठमाडौं ।  बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ । भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले यही साउन ८ गते नेपाल […]

नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण गर्दै एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स रोड टु ५जी)’ को मस्यौदा सार्वजनिक गरेको छ । नेपालमा ५जी सेवा सुरु र विस्तारका लागि अबको मार्गचित्रका रूपमा हेरिएको उक्त योजनाले सहरी क्षेत्रमा यसै वर्षदेखि र […]

नेपालमा ५ जी सेवा सुरु गर्ने तयारी, मोबाइल कम्पनीलाई कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ। साथै देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ। प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार […]

बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना

काठमाडौं । अमेरिकाको न्यू मेक्सिकोका एक न्यायाधीशले बालबालिकालाई सामाजिक सञ्जालका जोखिमबारे चेतावनी दिन असफल भएको भन्दै मेटालाई थप ५६७ मिलियन अमेरिकी डलर जरिवाना तिराउन आदेश दिएका छन्। यो बाल सुरक्षासम्बन्धी मुद्दामा मेटाविरुद्ध भएको अहिलेसम्मकै ठूलो फैसला हो। न्यायाधीश ब्रायन बिड्सचाइडले मेटाका प्लेटफर्मले बालबालिकालाई हानिकारक सामग्री र यौन शोषणको जोखिममा पारेको भन्दै कम्पनीलाई “सार्वजनिक उपद्रव” को […]

आमसञ्चारसम्बन्धी तीन प्रमुख ऐनलाई एकीकृत गरी नयाँ विधेयक तर्जुमा तयारी

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउने उद्देश्यसहित राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र सार्वजनिक गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षभित्रै उक्त विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाइरहेको जनाएको छ । सार्वजनिक गरिएको अवधारणापत्रमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको […]

अब अनलाइनबाट कन्सुलर प्रमाणीकरण सेवा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कन्सुलर प्रमाणीकरण सेवालाई थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले विकसित नेपाल ई-प्रमाणीकरण प्रणालीको आरम्भ गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा खनालले प्रणालीको औपचारिक आरम्भ गरेका हुन्। परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस-पत्र, आधारभूत कागजात तथा […]

मेटाले  एआई कोडिङ एजेन्ट ‘म्युज कोड’ सार्वजनिक गर्‍यो

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई ) क्षेत्रमा प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा केही पछि परेको मानिएको मेटाले आफ्नो उपस्थितिलाई बलियो बनाउन नयाँ कदम चालेको छ। यसै साता कम्पनीले ठूलो सफ्टवेयर कोडबेसमा जटिल कार्य गर्न सहयोग गर्ने प्रोग्रामर लक्षित नयाँ टर्मिनल-आधारित एआई कोडिङ एजेन्ट ‘म्युज कोड (Muse Code)’ सार्वजनिक गरेको हो। हाल बिटा संस्करणमा उपलब्ध ‘म्युज कोड’ ले […]

यूरोपमा टेक रोडशो गर्दै नास–आईटी, नेपाली सूचना प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटी) ले भदौ २१ गतेदेखि असोज ५ गतेसम्म बेलायत र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो यूरोप (यूके र स्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ। रोडशोमार्फत नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरुलाई यूरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हव तथा गैरआवासीय नेपाली प्रविधि समुदायसँगै जोड्‌दै नयाँ व्यावसायिक साझेदारी प्रविधि […]