बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा: एनसेल
काठमाडौं । एनसेलले बाढी तथा पहिरोका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङका १४ वटा मोबाइल टावर पुन सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार तीन जिल्लाका बाढी प्रभावित क्षेत्रमा कुल २७ वटा टावरमा क्षति पुगेको वा अवरुद्ध भएको थियो। जसमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ वटा टावरहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको […]

