RE
Global College

मौसममा सुधार हुनेबित्तिकै टेलिकमको सेवा सुचारु गरिने

काठमाडौं । नेपाल टेलिकमले वर्षाको कारण अवरुद्ध सेवाहरु मौसममा सुधार आउने बित्तिकै टेलिकमको सेवा सुचारु गरिने बताएको छ । टेलिकमको सेवा सूचारु गर्नका लागि मौसममा हुने सुधार क्रमसँगै सम्बन्धित कार्यस्थलमा खटिने गरी प्राविधिकहरु तयारी अवस्थामा रहन समेत टेलिकमले निर्देशन जारी गरेको छ ।

टेलिकमका अनुसार बिहीबार देखि निरन्तरको हावाहुरी सहितको वर्षा र देशका धेरै स्थानमा गएको बाढी पहिरोका कारण सिर्जना भएको विषम परिस्थितिका कारण कम्पनीका कतिपय स्थानका सेवा अवरुद्ध हुन पुगेका छन्।

भारी वर्षा र पहिरोको कारणले यात्रामा भएको कठिनाई, अप्टिकल फाइबरमा भएको क्षति, विद्युत आपूर्तिमा भएको अवरोध तथा हिमपात, वर्षात् र वादलका कारण सोलार साइटको न्यून प्रभावकारिताका कारण समेत कम्पनीले उपलब्ध गराइरहेको सेवा निरन्तरतामा कठिनाई हुन पुगेको छ ।
प्राविधिक रुपमा सिस्टमबाट गर्न सकिने मर्मत सम्भारका कार्य तथा सम्भव भएका स्थानमा सेवाको मर्मतकार्य निरन्तर भइरहेको टेलिकमले जनाएको छ।
यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति टेलिकम क्षमाप्रार्थी रहेको छ । वाढी, पहिरो र निरन्तर वर्षाको कारण सिर्जित यस कठिन अवस्थामा ग्राहकवर्गले देखाउनु भएको धैर्यताका लागि टेलिकमले आभार व्यक्त गरेको छ ।

Leave Your Comment

Related News