RE
Global College

भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो महिना भदौ २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम र संख्या दुवै बढेको जनाएको  छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भदौ मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई–कमर्समार्फत हुने कारोबारको रकम २५ करोड १० लाख र सङ्ख्या २६ हजारभन्दा माथिले बढेको पाइएको हो।

विवरण अनुसार भदौ महिनाभरीमा ई–कमर्समार्फत २ अर्ब ३० करोड २० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् साउन मसान्तसम्म १ अर्ब ९५ करोड १० रुपैयाँ रहेको थियो।

यसरी हेर्दा साउन बाट भदौ मसान्तसम्म आउँदा ईकमर्स मार्फत हुने कारोबार २५ करोड १० लाख रुपैयाँले बढेको देखिन्छ।

कारोबार सङ्ख्याका हिसाबले हेर्दा २०८३ भदौँ मसान्तसम्म ईकमर्स मार्फत ३ लाख ५० हजार २२४ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् २०८३ साउन मसान्तसम्म भने ३ लाख २३ हजार ८८३ पटक कारोबार भएको थियो।

तुलनात्मक रुपमा हेर्दा साउन मसान्त देखि भदौँ मसान्तसम्म आउँदा ईकमर्समार्फत हुने कारोबार सङ्ख्यामा २६ हजार ३४१ ले बढेको विवरणबाट प्रस्ट हुन्छ।

Leave Your Comment

Related News