फोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै

काठमाडौं । दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपथ्र्यो । ”हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ”, स्थानीय बमबहादुर बुढाले भने, ”टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।” सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । […]

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

काठमाडौं । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ । आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध हुनेछन् । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस एवं ब्ल्याक शार्कको नेपालका लागि आधिकारिक वितरक मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको विशेष लन्च गर्ने योजना बनाएको […]

काठमाडौंमा घर जित्ने भाग्यशाली विजेता मङ्सिर १२ गते घोषणा हुने

काठमाडौं ।  “मेरो डिजिटल देश” अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुने भएको छ । यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युब मा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ। ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई प्रोत्साहन गर्ने हेतुका साथ […]

सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनर नेपाल टेलिकम

काठमाडौं । मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच प्रायोजन सम्बन्धी समझदारीपत्र आदान(प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा मंसिर ४ मा सम्पन्न उक्त समझदारी अनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरको रुपमा नेपाल टेलिकम […]

एनसेल नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ साझेदार

काठमाडौं । आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतिक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिईएको छ । व्यावसायिक फ्रेन्चाइजमा आधारित […]

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस बीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलीपेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि आइतबार सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता […]

शाओमीको उच्च–क्षमता र फास्ट चार्जिङ्गसहितको नयाँ पावर ब्याङ्कहरू सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । उक्त लन्चका साथ शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको छ । नयाँ उपलब्ध मोडलहरु २२.५ वाटको फास्ट चार्जिङ्ग सहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क […]

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

काठमाडौं । टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न भएको छ । कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको फेस्टमा उत्साहजनक सहभागीता रहेको थियो । फेस्टमा सातै प्रदेशका १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरू प्रदर्शनीमा राखिएको थियो भने स्टिम क्याम्प, रकेट साइन्स प्रदर्शनी र रोबो सकर पनि सञ्चालन गरिएको थियो । डिजिटल इन्नोभेसन, […]

वर्ल्डलिंक टेलिकम्युनिकेसनले तिर्यो २ अर्ब १५ करोड बक्यौता

काठमाडौं । ग्राहक संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी वर्ल्डलिंक टेलिकम्युनिकेसन आफ्नो सम्पूर्ण बक्यौता रकम नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको छ । वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफ बापतको २ अर्ब १५ करोड १४ करोड ७ हजार ५५२ रुपैयाँ भुक्तानी गरेको हो । वर्ल्डलिंकले आज (शुक्रबार) एकमुष्ठ सबै बक्यौता भुक्तानी गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए […]

आईटी क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्छौः सञ्चारमन्त्री गुरूङ

काठमाडौं । टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सुरू भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि फेस्ट सुरू भएको हो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मोबाइलबाट पानसमा दियो बालेर फेस्टको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको […]