सातै प्रदेशका स्टार्टअपहरुको सहभागितामा दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुँदै
काठमाडौं । देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ । यहि कार्तिक २९ र ३० गते काठमाडौं बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठुलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहनेछ । […]

