नेपाल टेलिकमद्वारा गलत सूचनाप्रति सतर्क रहन आग्रह
काठमाडौं । नेपाल टेलिकमले हालै सामाजिक सञ्जालमा प्रवाहित भइरहेको भ्रमपूर्ण सूचनाप्रति सतर्क रहन आग्रह गरेको छ। टेलिकमले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ”५ हजार रुपैयाँसम्मको नगद तथा उपहार वितरण” गरिने भनी सामाजिक सञ्जालमा फैलिएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीका अनुसार नेपाल टेलिकमको आधिकारिक लोगो प्रयोग गरी फेसबुक ग्रुप, म्यासेन्जर लगायतका माध्यमबाट यस […]

