धानको समर्थन मूल्य तोकियो

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ असार २० मा बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४१०/५१ र मध्यम धानको प्रति क्विन्टल रु. ३५८०/६२ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । साथै   चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, […]

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट, नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा भएको भेटमा उहाँहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि नेपालको विकास […]

नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रचण्ड जाँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज  नयाँदिल्ली प्रस्थान गर्ने  भएका छन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा  उनकी सुपुत्री तथा स्वकिय सचिब गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने छन् । भारतिय […]

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई १५७ सांसदको साथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत प्राप्त गरेका  छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको वेल घेराउ र नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत प्रापत गरका हुन् । प्रधानमन्त्रीले बिस्वासको मत लिने मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत परेको थियो  । नेकपा माओवादी […]

निजी क्षेत्रको  महत्त्वपूर्ण भूमिकाले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने स्थिति आएको हो  : प्रधानमन्त्री

काठमाडौं । निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आव्हान गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा […]

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले […]

संसदको बजेट अधिबेशन आजबाट सुरु

काठमाडौं । संघीय संसदको प्रतिनिधिकोसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुबै सदनको  अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन आज सुरु  हुन लागेको हो । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका […]

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरेका हुन् । “बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको […]

सुनकोशी मरिन डाइभर्सनआयोजनाको बाँकी काम निर्धारित समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दि]एका छन्  । प्रधानमन्त्रीले आज आयोजनाको अनुगमनका ब्रिफिङ लिएपछि  आयोजनामा  आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिएका छन्  । “बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,” उनले भने , “समयमा नै समस्याको पहिचान […]

सरकारले देश र जनताका हितमा एतिहासिक काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए । “मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा […]