RE
Global College

एनआईसी एशिया बैंकबाट लक्ष्मण रिसालले दिए राजिनामा

इक्विटी नेपाल – काठमाडौँ :
पछिल्लो समय बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो कार्यकाल सकिनु अघिनै राजिनामा दिने क्रम बढ्दै गएको छ।  यसैक्रममा  एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदबाट राजिनामा गरेका छन्।

तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट सहायक स्तरमा जागिर सुरु गरेका रिसालले त्यसपछि एनआईसी बैंकमा लामो समयसम्म प्रमुख संचालन अधिकृतका रुपमा काम गरेका थिए। बन्किंग क्षेत्रसंगै रिसालले एक वर्षजति प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएर समेत काम गरको थिए ।

२०७३ जेठ ३ गतेमा  २ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रिसालको कार्यकाल यही आउँदा जेठ महिनमा सकिनु अगाडिनै उनले बैंकबाट बिदा लिएका हुन्। नेपाल राष्ट्र बैंकले केहि समय अगाडी लागु गरेको ६ महिनाको कुलिङ् पिरियडपछि रिसाल कुन बैंक सम्हाल्न जान्छन भन्ने चासो सबैले लिन थालेका छन्।

NECO

Leave Your Comment

Related News