कुलमान घिसिङ भए सिइओ अफ द एयर

Prabhu
इक्विटी नेपाल – काठमाडौँ :
विजनेश प्लस टेलिभिजन र सिइओ क्लवले नेपालमा पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ समिटमा सिइओ अफ द एयरको अवार्ड नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जित्न सफल भएका छन् ।
 बुधबार आयोजित कार्यक्रममा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई उक्त अवार्ड प्रदान गरेका हुन । अनलाइन भोेटिङका आधारमा घिसिङ सिइओ अफ द एयर घोषित भएका हुन । 
 सिइओ समिटमा घिसिङले सिइओ अफ द एयरसंगै वेष्ट सिइओ पब्लिक सेक्टर, मष्ट पपुलर सिइओ अवार्डसमेत प्राप्त गरे।  साथै उक्त कार्यक्रममा  योङ सिइओ अफ द एयरको अवार्ड भने एफवान सफ्टका अस्गर अलीले जित्न सफल भएका छन्  । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार