RE
Global College

सेन्चुरी कमर्सियल बैंकको सीईओमा तुलसीराम गौतम नियुक्त

इक्विटी नेपाल – काठमाडौँ :
सेन्चुरी कमर्सियल बैंकले आगामी बैशाख १९ गतेदेखि लागू हुनेगरी तुलसीराम गौतमलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको सूचना चैत्र १ गते नेप्सेमा प्रकाशित गरेको छ। 

यसअघिका प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमल्सिनाले राजिनामा दिई कुमारी बैंकमा डेपुटी सीईओका रुपमा गएपछि बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। तर पछि सेवा-सुबिधामा कुरा नमिलेपछि उनि पनि नबिल बैंक गएका थिए । 
हाल नियुक्त गरिएका प्रमुख कार्यकारी अधिकृत गौतमले नेपाल बैंकबाट ३६ वर्षअघिबाट बैङ्किङ्ग क्षेत्रमा प्रवेश गरेका थिए। गौतम तत्कालीन नेपाल इन्डोसेज बैंकमा काम गरेपछि नेपाल एसबीई बैंकमा काम गरेको अनुभव रहेको छ। नेपाल एसबीई बैंकबाट माछापुच्छ्रे बैंकमा सिइओ भएका गौतमले त्यश्पाची केहि समय इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए।

NECO

Leave Your Comment

Related News