हेरौ माघ सम्मको आर्थिक अवस्था ! भान्सा महङ्गो , अर्थतन्त्र सामान्य अप्ठेरोमा

Prabhu


भान्सा महङ्गो 
उपभोक्ता मुद्रास्फीति माघ महिनासम्म अघिल्लो वर्षको  ३ वर्ष दशमलव ३ प्रतिशत बाट ५ प्रतिशत पुगेको छ । खाद्य वस्तुहरुमा आएको मूल्य वृद्धिले गर्दा  समग्र  मुद्रास्फीति वृद्धि हुन पुग्यो  । यो ७ महिनाको अवधिमा खाद्य पदार्थमा ४ प्रतिशत मूल्य बढेको देखिन्छ । गत वर्ष खाध्य पदार्थमा मूल्य वृद्धि नभएर ५ प्रतिशतले मुल्य घटेको थियो । यस अवधिमा  तरकारीको सबै भन्दा धेरै  २५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै गैर खाद्य मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत रहेको छ जुन अघिल्लो वर्ष ६ दशमलव १ प्रतिशत रहेको थियो ।
जागिर गर्नेलाई केही राहत भयो 
त्यस्तै तलव सूचकाङ्क ९ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ भने ज्यालदर सूचकाङ्क ५ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
वैदेशिक व्यापार सधै उस्तै, आयात निर्यातको खाल्टो दिन प्रतिदिन वृद्धि हुदै 
कुल वस्तु निर्यात १२ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ भने कुल वस्तु आयात १८ दशमलव ९ प्रतिशतले वृद्धिभएको छ ।
यस अवधिमा देशले ४७ अर्ब ६२ करोड वरावरका वस्तु निर्यात गरेको छ भने   ६६१  करोड बराबरको आयत गरेको छ ।
व्यापार घाटा १९ दशमलव ४ प्रतिशतले वृद्धि भएर ६१३ अर्ब पुगेको छ । त्यस्तै आयात निर्यात  अनुपात ७   दशमलव २ प्रतिशत रहेको छ  ।
रेमिटेन्स स्याचुरेशन जोनमा पुगेकै हो ?


यो सात महिनाको अवधिमा देशले रेमिटेन्स मार्फत ४०१ अर्ब भित्राएको छ । रेमिटेन्स १ दशमलव ७ प्रतिशतले वृद्धि हुन सफल भएको छ तर अघिल्लो वर्ष  सोही अवधिमा रेमिटेन्स ५ दशमलव २ प्रतिशत वृद्धि भएको थियो  ।तर श्रमका निमित्त विदेश जानेको सन्ख्या भने ४ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षपनि श्रमका निमित्त विदेश जाने युवाको सन्ख्यामा कमी आएको थियो ।

यसैका विच देशको अर्थतन्त्रलाई  जोगाई राखेको एउटा खम्बा भनेको विदेश बाट श्रम बेचेर नेपाल ल्याएको पैसा नै थियो , यसको वृद्धि दर दिन प्रतिदिन घट्दो ट्रेन्डमा छ , भविष्यमा विदेशबाट देशमा रकम आउने अर्को क्षेत्रको अभाव भयो र रेमिटेन्स यही प्रवित्तिमा हिड्यो भने अर्थतन्त्रलाई सहि हिसाबले कुदाउन एउटा चुनौती थपिएको छ  ।
चालु खाता र शोधान्तर स्थिती दुवै घाटामा :
अघिल्लो वर्षको सात महिनामा १० अर्ब ६६ करोडले चालु खात घाटामा थियो तर अहिले यो वर्ष १४१ अर्बले चालु खाता घाटामा छ । त्यस्तै   शोधान्तर वचत अहिले १८ अर्ब २८ करोड घाटामा रहेको छ । अघिल्लो वर्ष यसै अवस्धिमा शोधान्तर वचत ३६ अर्ब रुपैया साकारात्मक रहेको थियो ।
विदेशी विनियम संचितिमा कमी ,विदेशी पैसाले कति दिन पुग्दो रहेछ ?


२०७४   असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ माघ मसान्तमा

२.८ प्रतिशतले कमी आई रु. १०४९ अर्ब २० करोड पुगेको छ ।
बैकिङ्ग क्षेत्रसङ्ग रहेको विदेशी विनियम साँच्चीतले ११ दशमलव ३ महिना वस्तु आयात र ९ दशमलव ८ महिना सेवा आयात गर्न पुग्ने छ ।
बजेट घटामा :
सात महिनाको अवधिमा नेपाल सरकारको वजेट २६ अर्ब ४७ करोड घाटमा रहेको छ , अघिल्लो वर्ष यसै अवधिमा १७ अर्ब ९५ करोड घाटामा रहेको थियो ।
सरकारी खर्च वृद्धि : 
सरकारले सात महिनाको अवाधिमा कुल सरकारी खर्च ४२८ अर्ब पुगेको छ , अघिल्लो आर्थिक वर्षमा कुल सरकारी खर्च ३१३ अर्ब थियो ।
त्यस्तै चालु खर्च ३४९ अर्ब रहेको छ भने गत आर्थिक वर्शमा चालु खर्च २३७ अर्ब थियो ।


सरकारी राजस्वमा वृद्धि तर गत वर्ष जति वृद्धिदर प्राप्त भएन  :

सरकारको राजस्व सङ्कलन  १९ दशमलव ५ प्रतिशतले व्रिद्धी भएको छ । सरकारले ३८१ अर्ब ३४ करोड राजस्व सन्कलन गरेको छ , अघिल्लो वर्स यही अवधिमा राजास्व ६५ प्रतीशतले व्रिद्धी भएर ३१९ अर्ब १५ करोड पुगेको  थियो ।
सरकारी ढुकुटी :
२०७४ साल माघ महिना सम्म सरकारको ढुकुटिमा ३०१ अर्ब ६४ करोड रुपैया रहेको छ । जसमा स्थानिय तहको खातामा ८४ अर्ब ३५ करोड जम्मा छ ।
सस्थागत निक्षेपकर्ता घटे तर  मुद्दती निक्षेमा   वृद्धि   :
सात महिनाको अवधिमा निक्षेप ६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३६.६ प्रतिशत र ४३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ३८.७ प्रतिशत र ३५.१ प्रतिशत रहेको थियो ।   कुल निक्षेपमा सस्थागत निक्षेपकर्ता ४४ प्रतिशत रहेका छन  ।अघिल्लो वर्षको सोही महिनामा यस्तो सस्थागत निक्षेपको अंश ४८.५ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह १३ दशमलव ५ प्रतीशतले वृद्धि भएको छ ।
“बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा केही कमी आएकोले वित्तीय अवस्था कसिलोभएको हो ” रास्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ  ।
 एनसेलले पैसा बाहिर लग्दा पुस मसान्तसम्म शोधान्तर वचत ६ अर्बको हाराहरीमा घाटामा रहेको र अहिले  १८ अर्ब घाटामा पुगेको छ , शोधान्तर वचत मात्र नभएर यसले विदेशी विनिमय सञ्चितिलाई पनि असर पुगेको छ ।
रेमिटेन्स वृद्धिमा दिन्नानु  आएको  गिरावट , गगन चुम्ने व्यापार घाटा , मूल्य वृद्धि , बैंकमा लगानी योग्य रकमको अभाव , व्याजदरमा भएको वृद्धि अहिलेका अर्थतन्त्रका केही नकारात्मक पक्ष रहेका छन   ।
कृषि उत्पादन गत वर्ष भन्दा कम हुने देखिन्छ , रास्ट्र बैंकको प्रतिवेदन अनुसार डुवान र हिउदमा मौसमले साथ् नदिएकाले उत्पादन घट्ने  छ तर  उर्जामा भएको लगानी र पर्यटन क्षेत्रमा लगानीलाई सकारात्मक रुपमा लाग्न सकिन्छ  ।
भविस्यमा सरकारी खर्चमा आउने वृद्धिले गर्दा वर्तमान वित्तीय अवस्था सुधार हुदै जानेकुरामा रास्ट्र बैंकले जानकारी दिएको छ ।
 
   

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार