SKIP THIS

MLBL

साताभरमा सुनकाे मुल्यमा १ हजार ३ सयले वृद्धि, थप वृद्धि हुने सम्भावना

Prabhu
नेपाली बजारमा सुनकाे भाउमा वृद्दि भएकाे छ । बितकाे एक सातामा सुनकाे भाउ प्रतिताेला १ हजार ३ सय रूपैयाँले बढेकाे छ । अघिल्लाे साताकाे साेमबार छापावाल सुन प्रति ताेला ५७ हजार २ सय रूपैयाँ रहेकाेमा यस साताकाे साेमबार प्रति ताेला ५८ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । यस्तै छापावाल सुनमा अाएकाे वृद्दि सँगै तेजावी सुनमा पनि साेहीदरमा वृद्दि भएकाे छ । अघिल्लाे साताकाे साेमबार प्रति ताेला ५६ हजार ९ सय कायम भएकाे तेजावी सुन यस साताकाे साेमबार प्रति ताेला ५८ हजार २ सय रूपैयाँ कायम भएकाे छ । नेपाली बजारमा यस्ताे वृद्धि बितेकाे ४ वर्षयता कै उच्च हाे । 
किन बढ्याे सुन? 
हालैका दिनहरूमा विश्व अर्थतन्त्रका दुर्इ ठूला महारथी अमेरिका र चीन बिच देखिएकाे “व्यापारीक अवराेध” कारण सुनकाे मुल्यमा यस्ताे उछाल अाएकाे देख्न सकिन्छ । अमेरिकाले हालै चिनियाँ उत्पादनहरूले अाफ्ना घरेलु उत्पादनहरूसँग अनुचित प्रतिस्पर्धा गर्नाका कारण घरेलु उत्पादन प्रभावित भएकाे ठहर गर्दै चिनियाँ उत्पादनहरूमाथि कुल ६० अर्बसम्मकाे शुल्क लगाउने बताएपछि यस्ताे अवराेधकाे सिर्जना भएकाे हाे ।
अमेरिकी राष्ट्रपति ट्रम्पकाे कार्यालयले नयाँ करमा ६० अर्ब डलरसम्मकाे शुल्क ताेक्नका लागि सामानहरूकाे सूचि तयार गर्न ब्यापारसम्बन्धी कार्यालयलार्इ १५ दिनकाे समयावधि दिएकाे छ । यसरी करमा नयाँ दर ताेकिनुका साथै चिनिया लगानीलार्इ समेत सीमित गर्ने दिशामा ट्रम्प कार्यलय अगाडी बढेपछि चीनले अाफु त्यसकाे प्रतिकार गर्न तयार रहेकाे र यसका लागि अावश्यक उपायहरू तयार रहेकाे बताएकाे छ । 
यसरी अर्थतन्त्रका दुर्इ शक्तिशाली राष्ट्रहरूबीच देखिएकाे विवादका कारणले त्रसित बनेका लगानीकर्ताहरूले ठुलाेमात्रामा सुनमा लगानी बढाएका छन् । यस कारणले सुनमा देखिएकाे खरिद चापका कारणा सुनकाे मुल्यमा वृद्दि भएकाे अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएकाछन् । अन्तर्राष्ट्रिय बजारमा हाल सुनकाे मुल्य प्रति अाैंस (जसमा ३१ दशमलव १०४ ग्राम हुन्छ) १३५० डलर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार