प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि : सुन्दा रमाइलो कार्यान्यवनमा चुनौती

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
शनिवार दिल्लीस्थित हैदरावाद हाउसबाट वीरगन्जमा रहेको नेपाल भारत एकीकृत जाँच चौकी (आईसिपि)को उद्घाटन र मातिहारी – अमलेखगन्ज पट्रोलियम पाइप लाइनको शिलान्यास गरियो । डिजिटल प्रविधिको युगमा दिल्लीमै बसेरे उद्घाटन समापन भयो ।  
सन् २००५मा शिलान्यास गरी २ वर्ष भित्र सकिने भनिएको आईसिपि विभिन्न कारणले ढिला भई निर्माण कार्य हाल सम्पन्न भएको छ । हैदरावाद हाउस देल्लीबाट दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरे लगत्तै आईसिपिमा औपचारिक रूपमा आयात निर्यात सुरु भैसकेको छ । माघ महिनासम्मको तथ्याङ्क हेर्दा देशको कुल आयातको ३३ प्रतिशत र कुल निर्यातको १६ प्रतिशत कारोबार वीरगन्ज नाकाबाट हुने गरेकोमा आईसिपिको पूर्ण रूपमा सुरुवात भए पश्चात् सो नाकाबाट हुने वैदेशिक व्यापार निकै सहज हुने देखिछ । मालबाहक ट्रकहरुले नाकामा निकै समय बिताउनु पर्ने समस्या हल हुने जानकार बताँउछन । 
त्यस्तै हैदरावाद हाउसबाटै बहुचर्चित मातिहारी – अमलेखगन्ज पेट्रोलियम पाइपलाइन शिलान्यासपनि भएको छ । नेपाल र भारतको पाइपलाइन बिछ्याउने सम्झौता भएको धेरै भैसक्दापनि बल्ल औपचारिकता पाएको छ।  नेपालको कुल पेट्रोल निर्यातको ठुलो प्रतिशत रक्सौल नाकाबाट आयात हुने भएकाले पाइपलाइन पश्चात् पेट्रोल आपुर्ती निकै सजिलो हुने छ । उक्त्त आयोजनाको लागत ४ अर्ब ४० करोड रहेकोमा ३ अर्ब १९ करोड भारत सरकारले व्यर्हाेने छ । 
केपी शर्मा ओलीको नेपाली ध्वजाबाहक पानी जहाजको सपनापनि हैदरावाद हाउसबाट सम्बोधन भएको छ । संयुक्त वक्तव्यमा अन्तरदेशीय जलमार्गको विषयमा महत्त्वपूर्ण समझदारी भएको उल्लेख गरिएको छ ।

१२ बुँदे संयुक्त वक्तव्यमा भने बमोजिमका काठमान्डौसम्म छुने रेल मार्ग, जल मार्ग जस्ता बुँदा कार्यान्यवन हुँदै गए भने प्रधानमन्त्री केपी शर्मा ओलीले जुन सपना देखेका थिए त्यसको लाभ नेपाली जनताले लिन पाउने छन् अन्यथा केपी शर्मा ओली र पुर्व प्रधानमन्त्रीहरूको दिल्ली भ्रमण खासै फरक हुने छैन ।

नेपाल एक भूपरिवेष्ठित राष्ट्र भएकाले नेपालले वैदेशिक व्यापारमा निकै ठुलो समस्या पाउँदै आएको छ।  हुन त भूपरिवेष्ठित राष्ट्रले आफ्नो नजिकको जलमार्ग सजिलै प्रयोग गर्न पाउने भएतापनि नेपालले आजसम्म सजिलै वस्तु आयात निर्यात गर्न नसकेको गुनासो सधैँ जसो सुनिँदै आएको छ । जलमार्गबाट नेपाल जोडिएमा नेपालका मालाबाहक जहाज सिधै हिन्द महासागरमा मिसिने छ जसबाट आयातकर्ता र निर्यातकर्ताले सजिलै र अहिलेभन्दा निकै कम शुल्कमा आयात निर्यात गर्न सक्ने छन् । जलमार्गको योजना सफल भएमा र हिन्द महासागरमा नेपाली ध्वजावाहक पानी जहाज पुगेको दिन सम्पूर्ण नेपालीकोलागि गर्वको विषय हुनेनै छ ।
त्यस्तै कृषिक्षेत्रको विकासका निमित्त दुई देश बिच समझदारी भएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
भारतबाट काठमाडौँसम्म रेल कुदाउने योजनापनि संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । चीन देखि काठमाडौँसम्म रेल कुदाउन चीनसँग छलफल चलिरहँदा भारतपनि औपचारिक रूपमा यो विषय प्रवेश गरेको छ । चीन पछि काठमाडौँसम्म रेल चलाउन भारत प्रवेश गर्दै गर्दा दुवै छिमेकी नेपालमा आफू अनुकूल वातावरण बनाउन चाहन्छन भन्ने कुरामा दुई मत देखिँदैन । 
छिमेकी राष्ट्र त्यसमापनि भौगोलिक हिसाबमा निकै नजिकको सम्बन्ध भएको कारणले गर्दा दुईपक्षिय सम्झौतामा हस्ताक्षर हुँदै आएका छन् तर कार्यान्वयन पाटोमा निकै फितलो रहेको छ । पन्चेश्वोर, महाकाली सिँचाई, केही जलविधुत आयोजना केही नजिर हुन । दिल्लीस्थित हैदरावाद हाउसबाट हामी यसो गर्छौ। उसो गर्छौ भन्दैमा हामी खुशी हुनु पर्ने अवस्था छैन किनकि हामीलाई विगतले धेरै पाठ सिकाई सकेका छ ।
बन्देज गरिएका पाँच सय र हजारका भारु नोटको विषयमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा केही बोल्नु हुन्छ भन्ने आश सबैमा थियो तर यो तीन दिने भ्रमणमा बन्देज गरिएका नोटका मुद्धाले ठाउँ पाएन ।
भारतीय पक्षले गरेको अघोषित नाकाबन्दी ताका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीनै थिए । त्यस बेला बिग्रिएको सम्बन्धलाई अहिले आएर सुमधुर बनाउनुनै अहिलेको भ्रमणको प्रमुख उपलब्धि भएको परराष्ट्र मामलाका विश्लेषकहरूले भन्दै आएका छन् । छिमेकी राष्ट्र बिच सम्बन्ध सुधारका लागि भए पनि यस्ता भ्रमण हुन जरुरी छ ।
१२ बुँदे संयुक्त वक्तव्यमा भने बमोजिमका काठमान्डौसम्म छुने रेल मार्ग, जल मार्ग जस्ता बुँदा कार्यान्यवन हुँदै गए भने प्रधानमन्त्री केपी शर्मा ओलीले जुन सपना देखेका थिए त्यसको लाभ नेपाली जनताले लिन पाउने छन् अन्यथा केपी शर्मा ओली र पुर्व प्रधानमन्त्रीहरूको दिल्ली भ्रमण खासै फरक हुने छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । शुक्रवार काठमाण्डौबाट ५२ सदस्य टोली सहित भ्रमण टाली नयाँ दिल्ली उडेको थियो । 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार