मूल्य वृद्धि बढ्दो ट्रेन्डमा :दिन प्रतिदिन जनता मारमा पर्दै

Prabhu
इक्विटी नेपाल – काठमाडौँ :
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फाल्गुन महिनासम्म मूल्य वृद्धि ६ प्रतिशत कायम रहेको छ । तरकारीको मूल्यमा आएको निरन्तर वृद्धिको कारणले गर्दा उपभोक्ता मुद्रास्फीति बढ्न गएको हो । 
समीक्षा अवधिमा अर्थात् फाल्गुन मसान्तसम्म खाद्य मुद्रास्फीति ५ दशमलव ६ प्रतिशत रहेको छ भने गैर खाद्य मुद्रास्फीति ६ दशमलव ३ प्रतिशत रहेको छ । 

कृषि क्षेत्रमा लामो समय कार्यरत एक व्यवसायीका अनुसार खाद्य पदार्थमा मूल्य अझै बढ्ने देखिन्छ । उनका अनुसार “ दिन प्रतिदिन खेती योग्य जमिन कम हुँदै गएको र देशका धेरै युवा वैदेशिक रोजगारीमा आकर्षित भएकाले कृषि क्षेत्रबाट आउने उत्पादनको मूल्य अझै आकासिने छ । 

भविस्यमा मुद्रास्फीति यही ट्रेन्डमा अघि बढ्ने हो भने उपभोक्तालाई दैनिकी चलाउनपनि हम्मे हम्मे हुने छ

अर्का कृषि व्यवसायीका अनुसार कृषक र उपभोक्ता बिच धेरै विचौलीया छन् जसले गर्दा उत्पादन गर्ने वास्तविक कृषक र उपोभोक्ता सधैँ मारमा पर्दै आएका छन्, उनी फेरी थप्छन् “ राज्य बाट केही संयन्त्रको विकास भएर कृषक र उपभोक्ता बिच दुरी कम भएको अवस्थामा तरकारीमा र समस्त खाद्य पदार्थमा भएको मूल्य वृद्धि निकै कम हुने छ। 
मूल्य वृद्धि बढ्दो ट्रेन्डमा 
श्रावणबाट आज सम्मको ट्रेन्ड हेर्दा मूल्य वृद्धिदर दिन प्रतिदिन बढ्दै छ । श्रावण महिनामा २ दशमलव ३ प्रतिशत रहेको मुद्रास्फीति अहिले फाल्गुन मसान्तसम्म ६ प्रतिशत पुगेको छ । 
राज्यबाट समयमै कृषिजन्य पदार्थमा हुने मूल्य वृद्धि सन्तुलनमा ल्याउन जरुरी देखिन्छ । भविस्यमा मुद्रास्फीति यही ट्रेन्डमा अघि बढ्ने हो भने उपभोक्तालाई दैनिकी चलाउनपनि हम्मे हम्मे हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार