RE
Global College

नेपालको रोजगार दर दक्षिण एशिया मै उच्च


इक्विटी नेपाल – काठमाडौँ :
दक्षिण एसियाका आठ देश मध्ये सबै भन्दा धेरै रोजगारी दर नेपालमा रहेको कुरा भर्खरै सार्वजनिक विश्व बैंकको एक तथ्याङ्कले जनाएको छ । 
विश्व बैंकको रिपोर्ट “ जब्लेस ग्रोथ “ का अनुसार नेपालको काम गर्न योग्य जनसङ्ख्या (१५ वर्ष देखि ६४ वर्ष) को उमेरसमुहका १०० जना नागरिक मध्ये ६८ जना रोजगार रहेका छन् भने बाँकी रहेका ३२ जना चाहिँ कुनै प्रकारको रोजगारीमा संलग्न छैनन् । नेपाली पछि माल्दिभ्समा १०० जना नागरिक मध्ये ६६ जना रोजगार छन्। यस्तै भुटानमा ६० ,बङ्गलादेशमा ५३, श्रीलंकामा ५१ ,भारतमा ५०, तथा सबै भन्दा कम पाकिस्तान र अफगनस्तानमा ४८ जना रोजगार रहेका छन्।

अहिले कायम रहेको रोजगारी दरलाई यथावत् राख्न वार्षिक २ लाख ८७ हजार नयाँ रोजगारी सिर्जना गर्नु पर्ने छ 

अहिले नेपालको श्रम बजारमा मासिक रूपमा ३५ हजारका दरले काम गर्न योग्य नयाँ जनसङ्ख्या थप भईरहेको छन् र अहिले कायम रहेको रोजगारी दरलाई यथावत् राख्न वार्षिक २ लाख ८७ हजार नयाँ रोजगारी सिर्जना गर्नु पर्ने तथ्य उक्त रिपोर्टमा विश्व बैंकले उल्लेख गरेको छ । 
दिन प्रतिदिन नेपाली श्रम बजारमा नयाँ जनशक्ति कामको खोजीमा थप भइरहेको स्थितिमा देश भित्र आन्तरिक रोजगारीको सिर्जना नहुँदा लाखौँ युवा विदेशीन बाध्य छन् । यसरी दिननानु दिन थपिँदै गरेका नयाँ जनशक्तिलाई रोजगार सिर्जना गर्नु अहिलेको सरकारलाई चुनौती रहेको छ।
NECO

Leave Your Comment

Related News