लगानीकर्ताको आन्दोलनको परिणाम : नेप्से खुल्ला भएता पनि एक रुपैयाँको पनि कारोबार भएन

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
जेष्ठ २० गतेबाट लगानीकर्ताहरूले हकप्रद तथा बाेनस शेयर वापत प्राप्त शेयरकाे बिक्री गर्दा पूँजीगत लाभकर गणना शेयरकाे अंकित मुल्यलार्इ अाधार मुल्य मानेर गर्नुपर्ने व्यवस्था गरेसंगै लगानीकर्ताहरुबाट उक्त व्यवस्था प्रति आक्रोश ब्यक्त गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरी निरन्तर आन्दोलनका विभिन्न कार्यक्रम गरी रहेका छन्। 
हिजो लगानीकर्ताले नेप्से र धितोपत्र बोर्डको कार्यालय घेराउ गर्दै आम लगानीकर्तालाई कारोबारमा नगर्न अनुरोध गरेका भएता पनि हिजो ४३ करोड हाराहारीको कारोबार भएको थियो। यद्यपि, आज पनि आन्दोलनलाई निरन्तरता दिंदै ब्रोकर कार्यालय समेतमा घर्ना दिंदै अन्तरिक राजस्व विभागले गरेको व्यवस्था खारेज नभएसम्म शेयर कारोबार नगर्न गरेको अपिलमा लगानीकर्ताले साथ् दिंदा आज नेप्सेमा कुनै कारोबार हुन सकेन। नेप्से आज कारोबारका लागि खुल्ला भएता पनि एक रुपैयाँको पनि कारोबार हुन सकेन। 
हिजो अर्थमन्त्रीले कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा अन्तर्वार्ता दिंदै अहिले पूँजीगत लाभकरको गणनाका विषयमा देखिएको अस्पष्टतालाई स्पष्ट पर्ने बताएका थिए। अब अर्थ मन्त्रालयले यो समस्यालाई कसरि हाल गर्छ र लगानीकर्ताको आन्दोलनले कुन रुप लिने हो हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार