सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड बुधबार हुने

Prabhu


काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड यही साताको बुधबार हुने भएको छ । सर्वाेत्तम सिमेन्टकाे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज आइतबार आइपीओ प्रि अलोटमेन्ट गर्ने तयारी भएको छ । यस पश्चात  आगामी बुधबारसम्ममा आइपीओ बाँडफाँड हुने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारण समुह अन्तरगत निष्काशन गरेकाे आइपीओमा अन्तिम दिनसम्ममा १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका थिए । कम्पनीको आइपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारण समुह अन्तरगत निष्काशन गरेकाे आइपीओमा अन्तिम दिनसम्ममा १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका थिए । कम्पनीको आइपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले फागुन १३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले यसअघि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार