एन आईसी एशिया बैंङ्कले सर्वश्रेष्ठ बचत खाता अन्तर्गतको बिमा रकम ग्राहकलाई हस्तान्तरण

Prabhu

काठमाडौं । एन आईसी एशिया बैंङ्कको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८०असार १८ बाट फाल्गुण १४ सम्म प्राण घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा बीमा अन्तर्गत पाँच जना सहित १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाखको दरले  १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट लिई भुक्तानी गरेको छ ।

एन आईसी एशिया बैङ्कले बैङ्कमा सर्वश्रेष्ठ बचत खाता भएका खातावाल तथा ग्राहकका परिवार सदस्यलाई उक्त रकम चेक मार्फत हस्तान्तरण गरेको हो । त्यसैगरि बैंकको नागपोखरी शाखामा खाता भएकी रचना गौचन, दैलेख शाखामा भएका चक्र बहादुर कटुवाल,  राम मन्दिर बुटबल शाखामा खाता भएकी पार्वती श्रेष्ठ, फर्सटिकर शाखामा खाता भएका पुन्य प्रसाद ढकाल र कास्की न्युरोड पोखरा शाखामा खाता भएका विजय कुमार गुरुङले दुर्घटना बीमा बापतको रकम प्राप्त गरेका हुन्

त्यसैगरी कर्पोरेट शाखामा खाता भएकी एलिना न्यौपाने र कालोपुल शाखामा खाता भएकी निर्मला चापागाँईले घातक रोग बीमा वापत रकम प्राप्त गरेका हुन् । एनआई यसिया बैङ्ककको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सम्झौता बमोजिम उक्त रकम प्राप्त गरेका हुन् ।  यसरी रकम पाउने ग्राहकमा सिराहा मिर्चैया शाखामा खाता भएका राधेश्याम रजक साफी, ललितपुर पुल्चोक शाखामा खाता भएका तेज बहादुर सुवेदी, चितवन चनौली शाखामा खाता भएका गणेश बहादुर गुरुङ, बर्दिया मग्रागढी शाखामा खाता भएकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता भएका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही रू. १० लाख प्रतिव्यक्तिका दरले कुल रू. ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा प्रापत गरेको बैङ्कले जनाएको छ  ।

बैंकले बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत  ६ हजार ३ सय ६१ ग्राहकलाई १४ करोड३८ लाखभन्दा बढी बीमा दाबी रकम भुक्तान गरेको बताइको छ  । जसमध्ये घातक रोग बीमा वापत  ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढी  २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीले ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम ग्राहकलाई भुकतान गरेको बताएको छ   ।

एन आई सी एशिया बैंकका मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल  मार्फत बैङ्किङ सेबा दिईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार