लुम्बिनि प्रदेसमा कृषि बिकास बैङ्कको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

Prabhu

काठमाडौं ।  कृषि विकास बैंकको लुम्बिनी प्रदेस ले दाङको घोराहीमा रहेको ज्ञानसिन्धु माध्यमिक विद्यालय र तुल्सीपुरको ज्ञानज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

११ र १२ मा व्यवस्थापन संकायमा  अध्ययनरत १९६ जना विद्यार्थीलाई बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले वित्तीय साक्षरता सिकाएका थिए ।  ग्लोबल मनी विक, बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्त्व, यसले पार्ने सकारात्मक प्रभावका बारेमा कार्यक्रममा जानकारी दिइएको  थियो ।

कार्यक्रममा बैंकले उपलब्ध गराउने कर्जाका प्रकार र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिम, विभिन्न डिजिटल प्रडक्ट र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीलाई जानकारी दिइएको थियो ।

बैङ्कले ‘ग्लोबल मनी विक २०२४’को अवसरमा सो कार्यक्रम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार