नेपाल र कोरिया बिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र GLN International को सम्झौता

Prabhu

काठमाडौं । फोनपे, र GLN International कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी का बीचमा नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर  भुक्तानी प्रदान गर्ने सम्बन्धमा MOU सम्झाता भएको छ ।

सम्झौता अनुसार, दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस-बोर्डर QR कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक , प्राविधिक र व्यावसायिक सम्भाभ्यता मा काम गर्नेछन् ।  फोनपे  र GLN को यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा QR भुक्तानी गर्न सक्ने छन ।  कोरियाबाट नेपाल आउने GLN प्रयोगकर्ताहरूले Hana 1Q, KB Wallet, iMbank, Toss, Hana Money र GLN App जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा Realtime Payment QR भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन्  ।

,” GLN का CEO, Kyungho Kim ले “विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता  अनुसार  GLN र फोनपेसंग  सहकार्योले  आफु उत्साहित  भइको बताए । उनले भने  “यो सहकार्यले  नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ, परस्पर सीमाहरू बिच innovative payment solutions प्रदान गर्ने आफ्नो मिशनलाई पनि लाई सार्थक तुलाएको छ ।”

कार्यक्रममा Fonepay का  CEO Mr. Diwas Kumar ले भने, ” GLN संग सहकार्यले सेवालाई कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित भएको  र हाल हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएको बताए ।   उनले भने यो सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समाबेसिता बढाउन तथा नेपाललाई    एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्याउनेछ।”

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार