गरिमा विकास बैङ्ककको प्रमुख कार्यकारी अधिकृतमा माधब आचार्य नियुक्त

Prabhu

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा  माघव प्रसाद आचार्य नियुक्त भएका छन् ।

चैत्र १४ गते बुधवार बसेको बैङ्कको  सञ्चालक समितिको ३०४औं बैठकले उनलाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । आचार्य बैंक लामो समयदेखी नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत  थिए । उनलाई बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि सिईओ नियुक्त गरिएको हो  ।

व्यवस्थापनमा स्नातकोत्तर माधबले गरिमा विकास बैंकको स्थापना गर्न महत्वपुर्ण भुमिका खेलेका छन् । बैङ्कको कम्पनी सचिव  र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर काम  गरेका थिए  । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुअघि  उनी शिक्षक थिए ।

गरिमा बिकास बैङ्का प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको कार्यकाल आगामी २०८० चैत्र मसान्तमा सकिँदै छ ।  संचालक समितिको सोही बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार