गल्फ लुब्रिकेन्सले दियो मेकानिक्सलाई प्राबिधिक तालिम

Prabhu

काठमाडौं । नेपाल ल्युब आयलले अमलेखगंजमा अबस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहलाई प्राबिधिक प्रशिक्षणफ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ । सो प्रशिक्षण कार्यक्रममा ३० भन्दा माथि मेकानिक्स सहभागि थिए ।

 कार्यक्रममा  सिप विकास गर्नका लागि चाहिने  सान्दर्भिक टेक्निकल तालिम प्रधान गरिएको थियो ।  साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रति  मनोबल वृद्धि गराउन फ्याक्ट्री भिजिट पनि गराएको थियो । भिजिट कार्यक्रममा  फ्याक्ट्रीको उत्पादन प्रक्रिया फ्याक्ट्रिमा प्रयोग भएको हु  उच्चस्तरिय टेक्नोलोजीको बारेमा जानकारी गराईएको थियो ।  

सहभागीले  कम्पनिले  उच्च गुणस्तरको ग्रेड बेस आयल मात्र प्रयोग गरेको र विगत ५ बर्ष देखि सो भन्दा निम्न स्तरको आयल इम्पोर्ट नै नगरेको थाहा पाउँदा, गल्फ लुब्रिकेन्ट्सप्रति धेरै विश्वास बढेको दारना मेकानिक्सले व्यक्त गरेका थिए । 

कार्यक्रममा सहभागीलाई प्रमाणपत्र  बितरण र  खादा लगा समापन गरिएको  थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार