बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न

Prabhu

काठमाडौं । महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता अग्नी ग्रुप – बालाजु अटो वर्कसले   सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४  गरेको छ  ।

कार्यक्रममा विजेताहरुलाई महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई बिभिन्न उपाधिले सम्मानित गरिएको थियो । जसमा बेस्ट फोटो अफ द केयर फेस्ट – अग्नि आस्था, इटहरी , बेस्ट कस्टमर इन्गेजमेन्ट – ओम श्री बाराही अटो वर्कस, हाइएस्त m-Track इनरोलमेन्ट – अग्नि आस्था, इटहरी, हाई पफर्मर – अग्नि आस्था, भैरहवा , हाई याचिबर – ठाकुर अटो केयर सेन्टर प्रा लि  ले जितेको छ । कार्यक्रममा म्यनाजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने  ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ – सशी पजियर साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ – राजेश लाघेलाई उनीहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मानित गरिएको थियो ।

बालाजु अटो वर्कसका प्रबन्ध निर्देशकले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरेका थिए । उनले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर हामी दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्छौं भन्ने कुरामा जोड दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार