चालु आर्थिक बर्षमा आर्थिक बृदीदर ४% हुने अनुमान

Prabhu

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतले हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आव २०८०/८१ को कात्तिक–पुस अवधिमा गत आवको सोहि अवधिको तुलनामा अर्थतन्त्र ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो ।

यो मौसमी प्रभाव समायोजन नगरिएको आधार मूल्यमा आर्थिक वृद्धिदर हो । यस आवको दोस्रो त्रैमासमा गत आवको दोस्रो त्रैमासको तुलनामा धनात्मक आर्थिक वृद्धि हुनुको कारण धानलगायत अन्नवाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि, पर्यटन आगमन तथा होटल क्षेत्रको मूल्य अभिवृद्धि हुनुलाई मानिएको छ । यसबाहेक व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहके अन्य क्षेत्रमा धनात्मक वृद्धिलाई पनि अर्थतन्त्रमा सकारात्मक वृद्धिको कारक मानिएको छ ।

पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा ०.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान छ । तथ्यांक कार्यालयका अनुसार पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १८ मध्ये ६ औद्योगिक क्षेत्रमा संकुचन आएको छ ।

यता गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको दोस्रो त्रैमासनमा १८ मध्ये १७ क्षेत्र विस्तार भएका छन् । यस अवधिमा उत्पादनमुलक क्षेत्र भने गत आवको तुलनामा संकुचन भएको छ ।

यस अवधिमा उत्पादनमुलक क्षेत्र ०.४ प्रतिशतले खुम्चिएको छ । एकोमोडेसन एन्ड फुड सर्भिसेज (होटल) क्षेत्र सबैभन्दा बढी २९.३ प्रतिशतले विस्तार हुँदा विद्युत, ग्यास, स्टिम तथा एयर कन्डिसन आपूर्ति क्षेत्र १७.१ प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार