पूर्वमन्त्री शाहीसहित ३२ जना विरुद्ध मुद्दा दायर, १ अर्ब ४७ करोड भ्रष्टाचार भएको दाबी

Prabhu

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचारमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।

अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार