कृषि विकास बैंकले बिनाधितो ADBL Smart App बाट तत्कालै रिन दिने

Prabhu

काठमाडौं । कृषि विकास बैंकले ADBL Smart Plus App मार्फत बिना धितो रिन दिने भइको छ । डिजिटल प्रबिधिको प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच  बिस्तार गर्न बैंङ्कले  ल्याएको यो योजनामा बैंकमा   तलवी खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ् एपबाट कर्जा लिन सक्नेछन् ।  यो कर्जाको भुक्तानी अवधि EMI मार्फत ३, ६, ९, १२ महिनामा तिर्न सक्नेछन् ।

यो योजनामा ग्राहकले रु.२ लाख सम्म आफ्नै मोबाइल बैंकिङ् एपबाट बिना धितो,  बिना कागजपत्र बैङ्क नगई कर्जा लिन सक्नेछन् ।

ADBL Instant Foneloan योग्य ग्राहकहरुले Buy Now, Pay Later सुविधा पनि प्राप्त गर्न सक्ने छन् । BNPL सुविधाको प्रयोग कुनै पनि Fonepay मर्चेन्टमा qr पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।

यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ख एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ADBL Instant Foneloan df Register   गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा Software मार्फत   तय गर्नेछन् । यो सँगै सरकारी बैंकमा  Foneloan  संचालनमा ल्याउने कृषि विकास बैंक पहिलो बनेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार