बससेवाका एकासी ८१ सालमा एक्कासी अफर, एकासी जनाले पूर्ण क्यासब्याक पाउने

Prabhu

काठमाडौं ।  अनलाइन बस टिकटिङ्ग गर्ने बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर ल्याएको छ  । यो अबसर अनुसार  बससेवा मार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् । यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको बैशाख ८ गतेसम्म  चल्ने कम्पनिले जनाएको छ  ।

कम्पनीले अफर विजेताहरुको नाम गोलाप्रथाबाट चयन गर्ने बताएको छ र उक्त गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेशबुक पेजबाट गर्ने जनाएको छ  ।
अफर बारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापा भन्छन् ‘ आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उदेश्यले हामीले यो अफर सार्बजनिक गरेका हौँ, यो अफर अन्र्तगत केही यात्रुलाई भएपनि राहत पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार