पर्यटन बोर्डको सिईओका लागि आबेदन माग के चाहिन्छ ? योग्यता

Prabhu

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त माग भएको छ । शनिबार एक सुचना  प्रकाशित  गर्दै सिईओ माग गरिएको हो ।  प्रकाशित सुचना अनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आबेदन दिनु पर्ने छ  ।

छनौट उपसमितिका अनुसार सिईओ पदमा आवेदन दिन  ७ हजार शुल्क लाग्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।

त्यस्तै, उसले स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको हुनुपर्नेछ ।

यस्तो छ छनाैट समितिले प्रकाशित गरेको सुचना 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार