RE
Global College

माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाडौं ।  माछापुच्छ्रे बैंकले नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका लागि नेपाल क्लियरिङ्ग फोन पे सँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपीएल अनेबल एपको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्ने छ । सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ । हाउस र फोन पे सँग सम्झौता गरेको छ ।

सम्झौता अनुरुप उतm सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् ।

राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाखसम्म भारत पठाउन सम्झौताले सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।

भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।

 

NECO

Leave Your Comment

Related News