मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ आउँदै

Prabhu

काठमाडौं ।  युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले बताएको छ  ।

लागत  अनुमान ९ सय करोड रुपैयाँ रहेको  योआयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत लगानी गरेको छ   भने सिटिजन्स बैंक इन्टरनेसनलको अुगुवाईमा  अरु ऋण लगानी रहेको छ । आयोजना ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्वर  ३, ४ र ५ मा रहेको छ

कम्पनीले  तोकिएको  लागत र तोकिए कै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम   भैरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर का कार्यकारी अध्यक्ष ई. आशिष थापाले बताए ।
२०७८ साल पुषबाट निर्माण सुरु भएको यो आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भैरहेको कम्पनीले जनाएको छ ।
आयोजनाको साधारण सेयर (आईपीओ) निश्कासनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकमा तोकेर काम अघि बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार