कति पाए नीर्जीबन बीमा कम्पनीले सरकारबाट अनुदान बापतको रकम

Prabhu

काठमाडौं   निर्जीवन कम्पनीले कृषि बीमा, पशु बीमा, र माछा बीमाको अनुदान वापत पाउनु  पर्ने २ अर्ब भन्दा बढी  रकम  मध्ये ४६ करोड रकम प्राप्त गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले निर्जीबन बीमा कम्पनीले सो रकम प्राप्त गरेको बताएको छ ।

निर्जीवन बीमकहरुले भने पुरा रकम नपाएसम्म कृषि तथा पशुपंक्षी बीमालेख जारी नगर्ने अडानमा छन् । उनीहरुले चैत १ गतेदेखि उधारो बीमा नगर्ने भन्दै कृषि तथा पशुपंक्षीको बीमालेख जारी गर्न छोडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार