ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

Prabhu

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले  बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक ल्याएको छ  ।

बैङ्कले आइएमई ट्राभल्सको सहकार्यमा ल्याइएको योजनामा नेपालका  पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ  र अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ ।

बैंकले सार्बजनिक गरेको योजनामा आन्तरिक भ्रमणका लागि न्यूनतम् ३,२१० रुपैँया र विदेश भ्रमणको लागि ६,००० रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो ।

बैंकको क्रेडिट कार्ड भएका ग्राहकले  आइएमई ट्राभल्समा  मार्फत आफुलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्  । योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकलाई बैंकले कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट दिनेछ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार