स्वबलम्ब लघुवित्तको नाफा घट्यो

काठमाडौं । स्वलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा तेस्रो त्रैमासमा आइपुग्दा ११ करोड ८६ लाख २० हजार रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिमा १.३५ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा १२ करोड दुई लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

तेस्रो त्रमाससम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी, कुल सञ्चालन आम्दानी , मुनाफा पनि घटेको छ । लघुवित्तको खुद ब्याज आम्दानी एक अर्ब दुई करोड रुपैयाँ रहेको छ भने गत वर्ष एक अर्ब चार करोड रुपैयाँ रहेको थियो । यस वर्ष कुल सञ्चालन आम्दानी एक अर्ब ३० करोड रुपैयाँ रहेकोमा गत वर्ष एक अर्ब ३७ करोड रुपैयाँ रहेको छ । अन्य सञ्चाल आम्दानी ९१ करोड ९६ लाख रुपैयाँ रहेकोमा गत वर्ष ९३ करोड चार लाख रुपैयाँ रहेको छ । त्यस्तै यस वर्ष १६ करोड ९० लाख रुपैयाँ मुनाफा रहेकोमा गत वर्ष १७ करोड १९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको बचत १३ अर्ब ७१ करोड रुपैयाँ र लगानीमा रहेको कर्जा प्रवाह २० अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार