सूर्याज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

Prabhu

काठमाडौं ।  सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १६औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्सले ज्योति लाईफ इन्स्योरेन्ससँग मर्जर गरेर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनी  २०७९ पौष ७ गते बाट संयुक्त कारोबार गरेको थियो  ।

बार्षिकउत्सबको अबसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने ग्राहकवर्ग, अभिकर्ताहरु , कर्मचारीहरु , शेयरधनी संचालक समिति, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरु संचारकर्मी लगायत सबैमा  हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरेका छन्  ।

सुर्या लाईफ इन्सोरेन्स कम्पनीले नविनतम  प्रविधिमैत्री तथा समय  सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र  सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध  रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको छ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी रु ४५४ करोड, जीवन बीमाकोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ । कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ । ‍

कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार