सिटिजन लाइफ इन्स्योरेन्सले ल्यायो भिडियो केवाइसी सुविधा

Prabhu

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक  भिडियो मार्फत केवाइसी लिने प्रकृया जारी गरेको छ ।  सो सेवा बैसाख  ९ गतेबाट लागु  भएको हो ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टलमार्फत प्राप्त हुन्छ । केवाइसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाइसी को अवधारणा ल्याएको हो ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल मार्फत पेश गरे पश्चात् ई एप्लिकेसन डिक्लेरेसन फर्म मा आवश्यक विवरणहरु भरी कअबल गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ ।

प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसी सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त सामाग्री पठाउनु पर्नेछ ।
यस भिडियो केवाइसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीले जनाएको छ  । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार