नौ महिनाको निर्जीबन बीमक कम्पनीको तथ्याङक सार्बजनिक कसको- कति ?

Prabhu

काठमाडौं । निर्जीबन बिमा कम्पनीको तेस्रो त्रैमासको ब्यापारको तथ्याङ्क नेपाल बिमा प्राधिकरणले सार्बजनिक गरेको छ। सार्बजनिक तथ्याङक अनुसार कम्पनीहरुले(साउन–चैत) सम्ममा  करिब ३० अर्ब रुपैयाँको व्यापार गरेका छन् ।

यो अबधिमा ४ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क जम्मा गरेर शिखर इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रहेको छ भने ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क  आर्जन गरेर सगरमाथा लुम्बिनी इन्स्योरेन्स  दोस्रो भएको छ । तेस्रोमा भने  २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेर सिद्दार्थ प्रिमियर रहेको छ ।

प्राप्त तथ्याङ्क अनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६४ करोड , हिमालयन एभरेष्ट इन्स्योरेन्स ले २ अर्ब ५४ करोड  र नेको इन्स्योरेन्सले २ अर्ब २९ करोड रु कुल बीमाशुल्क आर्जन गरेका छन् ।

यसैगरी क्रमश युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९७ करोड , एनएलजी इन्स्योरेन्सले १ अर्ब ८३ करोड , सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड , ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३० करोड , नेपाल इन्स्योरेन्सले १ करोड १४ करोड र नेशनलले ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार