९ महिनामा जीवन बीमा कम्पनीको ब्यापार, कुनले कति कमाए ?

Prabhu

काठमाडौं । नेपाल बिमा प्राधिकरणले नेपालका जीबन बीमक कम्पनीले चालु आर्थिक बर्ष २०८०\०८१को चैत मसान्त सम्म आर्जन गरेको ब्यापारको  तथ्याङक सार्बजनिक गरेको छ । सार्बजनिक तथ्याङ्क अनुसार  जीबन बीमक कम्पनीहरुले साउन देखि चैत मसान्तसम्म ४ लाख २६ हजार ३ सय ९८ बीमालेख जारी गरेर कुल १ खर्ब १० अर्ब बढीको व्यापार गरेका छन् ।

२९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बढी बीमाशुल्क आर्जन  गरेर नेपाल लाईफ पहिलो स्थानमा रहेको छ । १२ अर्ब ९० करोड बीमाशुल्क आर्जन गरेर नेशनल लाईफ दोस्रोमा छ भने १२ अर्ब ९० करोड बीमाशुल्क आर्जन गरेर लाइफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल तेस्रोमा रहेको छ ।

६ अर्ब ५२ करोड सूर्यज्योति लाइफ, ५ अर्ब ७८ करोड एशियन लाइफ, ५ अर्ब ४६ करोड राष्ट्रिय जीवन बीमा कम्पनीले बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी ४ अर्ब २७ करोड सानिमा रिलायन्स लाइफ ४ अर्ब २४ करोड सिटिजन लाइफ बीमाशुल्क आर्जन गरेको ।

यस्तै ४ अर्ब १३ करोड मेट लाइफ र, ३ अर्ब २९ करोड रुपैयाँ आइएमई लाइफ, ३ अर्ब ६ करोड प्रभु महालक्ष्मी लाइफ  २ अर्ब ९८ करोड रिलायबल लाइफ नेपाल, २ अर्ब ७८ करोड सन नेपाल लाइफले बीमाशुल्क आर्जन गरेक छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार