तोलामा १४ सयले बढ्यो सून

Prabhu

काठमाडौं । सुनको मूल्य प्रति तोला १४ सय रुपैयाँले बढेको छ। शुक्रबार छापावाला सूनको मूल्य १ लाख ३७ हजार २०० रुपैयाँ र तेजावी १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ। बिहीवार छापावाला सूनको मूल्य एक लाख ३५ हजार आठ सय रुपैयाँ र तेजावी सूनको मूल्य एक लाख ३५ हजार एक सय ५० रुपैयाँ थियो।

शुक्रबार चाँदीको मूल्य प्रतिोला २० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रति तोला एक हजार छ सय ७५ रुपैयाँ तोकिएको छ। हिजो चाँदीको मूल्य एक हजार छ सय ५५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार