राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारीअधिकृतमा डा.शिवहरि श्रेष्ठ नियुक्त

Prabhu

काठमाडौं ।  राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिको बैठकले  डा. शिवहरि श्रेष्ठ लाइ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । श्रेष्ठ ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा  नियुक्त भएका हुन् ।

’ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्वप्रसासक हुन् ।

राष्ट्रिय बीमा कम्पनीको  प्रमुख कार्यकारी अधिकृत  छनौट समितिले माघ २४ गते २१ दिने सूचना जारी गर्दै  प्रमुख कार्यकारी अधिकृत लागि आवेदन खुला गरेको थियो । छनौट समितिले तोकेको समयमा ९ जनाले  आवेदन गरेका थिए । आबेदक मध्ये ४ जनाको नाम संक्षिप्त सुचीमा परेको थियो ।

संक्षिप्त सुचीमा भएकाहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता पश्चात श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने सञ्चालक समितिले निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार