उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल

Prabhu

काठमाडौं । २०८१ वैशाख १५ गते सनिबार  हुने इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ को तयारी पूरा भएको निर्बाचन आयोगले जनाएको छ  ।

आयोगले उक्त दिन बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म मतदान केन्द्रमा उपस्थित भएर आफूले छानेको उम्मेदवारको चुनाब चिन्हमा मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न ४८ घण्टा अगाडिबाट प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा गराउन सजगता अपनाएको छ । आयोगले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट अनुगमन गरिरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार