RE
Global College

बजार पुँजीकरणमा नेपाल टेलिकम अगाडि

काठमाडौं । नेप्सेमा बजार पुँजीकरणमा शीर्षस्थानमा नेपाल टेलिकम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार चैत महिनामा नेपाल टेलिकमको १ खर्ब ५१ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ । दोस्रोमा नबिल बैंकको १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने त्यसपश्चयात तेस्रोमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ र चौथोमा नेपाल पुर्नबिमा कम्पनीको ९९ अर्ब ३१ करोड रुपैयाँ बजार पुँजीकरण रहेको छ ।
त्यस्तै पाँचौंमा ग्लोबल आइएमइ बैंकको ६५ अर्ब ७५ करोड रुपैयाँ, छटौंमा हिमालयन पुर्नबिमाको ६३ अर्ब ४६ करोड रुपैयाँ, सातौंम एभेरष्ट बैंकको ५९ अर्ब ४२ करोड रुपैयाँ, आठौंमा एनआइसि एसिया बैंकको ५८ अर्ब ९२ करोड रुपैयाँ बजार पुँजीकरण रहेको छ । तयस्तै नौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५३ अर्ब ३० करोड रुपैयाँ र स्टान्र्डड चार्टड बैंकको ४९ अर्ब ४९ करोड रुपैयाँ बजार पुँजीकरण रहेको छ । फागुनमा पनि बजार पुँजीकरणमा नेपाल टेलिकम नै सबैभन्दा अगाडि रहेको थियो । फागुनमा टेलिकमको १ खर्ब ५५ अर्ब रुपैयाँ र दोस्रोमा पुनः नबिल बैंक १ खर्ब २७ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको थियो ।

NECO

Leave Your Comment

Related News