राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

Prabhu

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा डा.शिवहरि श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ३ सय ८१ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको ३ सय ८१ औं बैठकको निर्णय अनुरुप काठमाडौं महानगरपालिका –९ का डा. श्रेष्ठलाई कम्पनीको नियमावलीको नियम ३३(५) र नियम ३५ बमोजिम प्रमुख कार्याकारी अधिकृत पदमा डा.श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको बताइएको छ । उनी बीमा संस्थानका पूर्व सीईओ समेत हुन् ।

कम्पनीको सीईओको लागि ४ जना प्रतिस्पर्धी थिए , जसमा डा.शिवहरी श्रेष्ठ, नारायण कुमार भट्टराई, सुवास कोइराला र सुरेन्द्र थापा रहेका थिए । अन्य तीनजनालाई प्रतिस्पर्धामा पछाडि पार्दै डा.श्रेष्ठ सीईओमा नियुक्त भएका कम्पनी सचिव डा.सिर्जना पन्तले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार