सुनको मूल्य बढ्यो चाँदीको घट्यो

Prabhu

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । सूनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितालो एक लाख ३७ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० तोकिएको थियो ।
आइतबार छापावाला सुन प्रति १० ग्राम १ लाख १७ हजार ९ सय ७० रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १७ हजार ४ सय १९ रुपैंयाँ तोकेको छ र
आइतबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेको  छ । आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँँ कायम गरिएको छ । भने प्रति १० ग्राम १ हजार ४ सय २३ रुपैयाँ तोकेएिको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ६ सय ७५ रुपैयँ  कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार