वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई जितका लागि १६१ रनको लक्ष्य

Prabhu

काठमाडौं । कमाजोर सुरुवातका वावजुत वेस्ट इन्डिज ‘ए’ ले ५ टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो।

१८ ओभरको समाप्तिमा वेस्ट इन्डिजले ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। तर, १९ र २०औँ ओभरमा आकाश र दीपेन्द्र महँगो सावित हुँदा वेस्ट इन्डिजले प्रतिस्पर्धात्मक योगफल तयार गर्न सफल भएको हो।

वेस्ट इन्डिजका गुडाकेश मोतीले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन बनाए। उनी अविजित रहे। म्याथ्यू फोर्डे ११ रनमा अविजित रहे।

आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका प्रहार गरे। रोस्टन चेज २३, जोनसन चार्ल्स ११ र केसी क्यार्थी १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार