पर्वतारोहीबाट ६३ करोडभन्दा बढी राजस्व संकलन

Prabhu

काठमाडौं । यसवर्षको हिमालको लागि स्वीकृति दिए बापत सरकारले ६३ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । पर्यटन विभागले ६ सय ७५ पुरुष र १ सय ८४ महिला गरि कुल ८ सय ५९ जनालाई पर्वतारोहणका लागि अनुमति प्रदान गर्दा सो रकम संकलन गरेको हो ।

पर्वतारोहीबाट कुल ६३ करोड ३६ लाख ६० हजार ६ सय ३१ राजस्व उठेको पर्यटन विभागले जानकारी दिएको हो । बसन्तयाम लागेसँगै हिमाल आरोहण गर्ने पर्यटकमा व्यापक उत्सुकता रहेको देखिन्छ । जसको कारण विगतमा झैँ हिमालमा भिड बढ्ने र पर्यावरणमा असर पर्ने भन्दै चिन्ता पनि व्यक्त भइरहेको छ ।

पर्यटन विभागले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा जाने कुल पर्वतारोही ३ सय ८८ जना मध्ये ३ सय १८ जना पुरुष रहेका छन् भने ७० जना महिला रहेका छन् ।

सगरमाथा आरोहण गर्न अनुमति लिएका आरोहीबाट मात्र ५५ करोड ८३ लाख ९४ हजार ४ सय ५० राजस्व संकलन भएको छ । पर्यटन विभागले सगरमाथा , मकालु , जुगल , अन्नपूर्ण लगायत जम्मा २७ वटा हिमालहरू पर्वतारोहणका लागि अनुमति दिएको छ ।

कुन हिमालबाट कति ?

पर्यटन विभागले प्रस्तुत गरेको विवरण अनुसार सगरमाथा पछि ल्होत्से हिमालबाट बढी राजस्व उठाइएको छ । ल्होत्से हिमालबाट ३ करोड ९ लाख १५ हजार ३३ राजस्व उठाएको छ ।

त्यस्तै, आम दब्लम हिमालबाट ४२ लाख ५७ हजार ४ सय २० राजस्व संकलन गरेको छ । हिमलुङ हिमालबाट १० लाख ६२ हजार ४ सय राजस्व उठाएको छ । जुगल हिमाल ( ६१८४ मि) बाट ३ लाख ३३ हजार ७५ राजस्व उठाएको छ भने अन्नपूर्ण हिमालबाट ५९ लाख ६१ हजार ७ सय ८० उठाएको विवरणमा उल्लेख छ ।

पुथा हिउँचुली आरोहणका इच्छुकबाट ४ लाख ६५ हजार ९ सय १५ राजस्व संकलन हुँदा खंङगिरिरसारबाट १ लाख ६ हजार ४ सय ८० राजस्व उठेको छ ।

विश्वको तेस्रो अग्लो हिमाल कङचनजङ्घगा हिमालबाट ७४ लाख ,१४ हजार ६ सय ५० राजस्व उठाइएको छ । उता, धौलागिरि हिमालबाट ६६ लाख ९१ हजार २ सय ३० राजस्व संकलन गरिएको छ ।

तेन्कानपोचि हिमालबाट ६६ हजार ६०० राजस्व उठाइएको छ । टेङकोमाबाट १ लाख ३३ हजार २०० राजस्व उठाइएको छ । मकालु हिमाल चढ्ने पर्वतारोहीबाट १ करोड ३६ लाख ४६ हजार ५ सय चार राजस्व संकलन भएको छ ।

त्यस्तै, जुगल १ (६५९१ मि) बाट ५३ हजार २ सय ८० राजस्व उठाइएको छ । जुगल २ ( ६५१८ मि) बाट पनि जुगल १ बाट जति नै ५३ हजार २ सय ८० राजस्व उठाइएको छ जुगल ५ (५९२२ मि) बाट पनि १ लाख ३३ हजार १ सय ५० राजस्व उठाइएको छ ।

पुमोरी हिमालबाट २ लाख ६६ हजार १ सय २५ राजस्व संकलन गरिएको छ । लिङट्रिन हिमाल आरोहणको स्वीकृति दिए बापत ५ लाख ८४ हजार ६० राजस्व संकलन भएको छ ।

थोरोङ हिमालबाट ३३ हजार २ सय राजस्व संकलन गरिएको छ । मलङफूलङ हिमालबाट १ लाख ६ हजार ४ सय राजस्व संकलन भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

वरुण टियासइबाट ७ लाख ९८ हजार ६ सय राजस्व संकलन गरिएको हुँदा खानबचेनबाट २ लाख ३९ हजार ७ सय ६० राजस्व संकलन भएको देखिन्छ ।

नुप्त्सेबाट १९ लाख १८ हजार ८० राजस्व उठाइएको छ भने मनास्लुबाट २० हजार मात्र राजस्व संकलन भएको छ । सरिबुङ हिमालबाट ३३ हजार २ सय ९१ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

भेम्दङ रि हिमालबाट ३३ हजार ३ सय १२.५ राजस्व संकलन गरिएको छ । उता चोयु हिमालबाट भने २ लाख ३९ हजार ३ सय १० राजस्व उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार