नेपाल लाइफले अधिकतम ८५ रूपैयाँसम्म बोनस दिने

Prabhu

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको बीमालेखमा अधिकतम ८५ रूपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दरलाई आधार मान्दा अन्य (जीवन) सारथी नामको बीमालेख अन्तर्गत २६ देखि ३० वर्ष र ३० वर्षभन्दा माथी अवधिको बीमालेखमा ८५ रूपैयाँ बोनस दर दिने भएको हो ।

उच्च बोनस दर रहेको यो बीमालेख हालसम्म ३२७ ओटा जारी भएको जानकारी कम्पनीले दिएको छ । अन्य (जीवन सारथी) नामको बीमालेखमा १० वर्षसम्मका लागि ६२ रूपैयाँ , ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिको बीमालेखमा भने ६२ रूपैयाँ बोनस दर निर्धारण गरिएको छ । यसै बीमालेख अन्तर्गत २१ देखि २५ वर्ष अवधिको लागि भने ७२ रूपैयाँ बोनस दर निर्धारण गरिएको कम्पनीको भनाई छ ।

कम्पनीले विभिन्न १० बीमालेख जारी गरेको छ । सावधिक बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविश्य तथा शिक्षा जीवन बीमा , जीवन लक्ष्मी , जीवन उदय ) मा न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रूपैयाँ, सावधिक जीवन बीमालेख ( नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) मा न्यूनतम ६५ रूपैयाँदेखि अधिकतम ८२ रूपैयाँ, सावधिक जीवन बीमा (जीवन समुन्नत) मा न्यूनतम ५६ रूपैयाँदेखि अधिकतम ७० रूपैयाँ, सावधिक जीवन बीमालेख (सुनौलो भविश्य जीवन बीमा योजना ।

विकल्प १/विकल्प २ मा न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँ, सावधिक जीवन बीमालेख सुनौलो भविश्य जीवन बीमा योजना (विकल्प १) एक बीमाशुल्क मा न्यूनतम ५५ रूपैयाँदेखि अधिकतम ६० रूपैयाँ, सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) मा न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रूपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि) मा ५० रूपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेख (धनवर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) मा ५० रूपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन समृद्धि) मा ५१ रूपैयाँ बोनस दर कायम गरिएको छ । यो बोनस दर प्रतिहजार रूपैयाँका आधारमा वितरण हुनेछ । आर्थिक वर्ष ०७९÷८० को लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा लागू हुने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार